loader

Breaking News

नानीहरूलाई प्रोत्साहित दिन कालचिनीमा 'एक पाइला शिक्षातिर' कार्यक्रम सम्पन्न

Image
 

कालचिनी सहयोग फाउन्डेशनले विद्यार्थीहरूलाई लिएर विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आईरहेको क्रममा शनिबार कालचिनी खण्डको भाटपाडा चियाबारीमा 'एक पाइला शिक्षातिर' कार्यक्रम सम्पन्न गऱ्यो। 
यस अवसरमा नानीहरूलाई प्रोत्साहित गर्न अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबोलगायत कालचिनी ग्राम पञ्चायतमा प्रधान ज्योति गुरुङ एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो। 
कार्यक्रममा सहयोग फाउन्डेशनका सचिव पवन योल्मो र इकोस्फियर तथा सन्डे आर्ट हार्टका अभियन्ता निमेष लामा एवम् स्वयंसेवकहरूले सक्रिय साथ दिएका थिए। 
यस क्रममा नानीहरूलाई मनोवैज्ञानिक र साधारण ज्ञानको प्रतियोगिता गराउँदै पुरस्कार वितरण पनि गरिएको थियो।


Leave a Comment